लण्डन । शान्तिको कामनासहित लुम्विनी भ्रमण वर्ष २०१२ लाई सहयोग पुर्‍याउने उद्देश्यले In Search of Peace नाम दिई चित्रकार अजय देसारले एकल चित्रकला प्रदर्शनी गरेका छन् । ३ वर्षदेखि संकलित नेपालको विभिन्न मनमोहक दृश्य बुझुङ, पसगाउँ, घलेगाउँ, धनगढी, दक्षिण ललितपुर तथा काठमाडौंका विभिन्न स्थानबाट भू-चित्र एवं मुहार चित्रहरु संकलित यस प्रदर्शनीमा रीतितिथी, भेषभूषा एवं कला संस्कृतिलाई प्रतिनिधि गर्ने ३५ चित्रहरु समावेश गरिएको छ ।

कलाकार देसारबाट पूर्णरुपमा नेपालका कला संस्कृति आफ्ना कुचिमार्फत क्यानभासमा सजाउन सफल भएको कार्यव|mममा उपस्थित नेपाली दर्शकहरुको भनाइ थियो । कुचिको उत्कृष्ट प्रयोग एवं रगंको उचित समायोजन रहेको उक्त प्रदर्शनीमा नेपाली भू-दृश्य तथा जनजीवनलाई स्पस्ट देख्न सकिन्थ्यो ।

फोक्सटनको George House Gallery मा गरिएको उक्त प्रदर्शनीमा बाक्लो नेपालीहरुसहित Worshipful Town Mayor of Folkestone Sue Wallace को प्रमुख आतिथ्यमा Maidstone का Mayor Mortimor तथा Shepway District का Chairman Mrs. HollingsBee, पूर्व काउन्सिलर धन गुरुङ, व्यवसायी ज्ञाम गुरुङ्गलगायत यूकेका सम्माननीय व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहको थियो ।

प्रमुख आतिथ्यको लागि वेलायतका लागि नेपाली राजदूत डा. सुरेसचन्द्र चालिसेलाई पहिला नै निम्तो गरिए तापनि अनुपस्थिति भए । सामान्यतया सानाठूला सबैजसो कार्यक्रम उद्घाटन गर्न पुग्ने महामहिम डा.चालिसे प्रत्यक्ष्य रुपमा नेपाली पर्यटनलाई टेवा पुर्‍याउने एक विद्यार्थीले गरेको सो कार्यक्रममा भने कार्यव्यस्तताको कारण देखाई अनुपस्थिति हुने भएपछि कायक्रमको उद्घाटन Worshipful Town Mayor of Folkestone Sue Wallace ले गरे ।

कार्यव|mममा बोल्दै Sue Wallace तथा Maidstone का Mayor Mortimor ले नेपाल र बेलायतबीचको सम्वन्ध पुस्तौ पुस्तौ पुरानो रहेको बताउँदै नेपाली कला र कलाकारिताको खुलेर प्रशंसा गरे साथै चित्रकार देसारलाई शुभकामनासहित कार्यक्रम सफलताको कामना गरे । कार्यक्रममा बोल्दै देसारले आफ्नो छैंठौ एकल चित्रकला प्रदर्शनीमा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रममा सघाउने सम्पूर्णलाई धन्यवाद दिँदै चित्रकला हेर्न आउनेको बाक्लो उपस्थितिले आफू उत्साहित भएको बताए ।

यसैगरी कार्यक्रमको अन्त्यमा पुगेका दूतावास प्रतिनिधि सूर्य बहादुर थापाले पनि प्रदर्शनी अवलोकन गरिसकेपछि प्रदर्शनीमा राखिएको चित्रकलाहरु ज्यादै मनमोहक भएको र यस प्रदर्शनीले बेलायतीमाझ नेपाल र नेपालीलाई चिनाउनुमा अझै मद्दत पुर्‍याउने बताए । साथै यस्तो किसिमको कार्यक्रमको सहयोगको लागि आफूलगायत दुतावास सदैव तयार रहेको बताए ।

आगामी महिनाको १ तारिखसम्म रहने उक्त प्रदर्शनीमा राखिएको तस्वीरहरुको मूल्य ८० पाउण्ड देखि ५५० पाउण्ड तोकिएको छ भने सोही दिन ३ वटा तस्वीरहरु बिक्री भइसकेको र प्रदर्शनीबाट उठेको रकमबाट २५% ग्रामीण भेगका बालबालिकाहरुको सहयोगार्थ जाने चित्रकार देसारले बताए ।-कुशल, मेस, तस्वीरसहित


http://merouk.com/?p=6516