देसारको चित्रकला प्रदर्शनी
फोकस्टोन । शान्तिको कामना सहित लुम्विनी भ्रमण वर्ष २०१२ लाई सहयोग पुर्याउने उद्देश्यले चित्रकार अजय देसारले 'इन सर्च अफ पिस' नामक एकल चित्रकला प्रदर्शनी गरेका छन् । प्रदर्शनी गत शुक्रवार फोक्सटनस्थित जोर्ज हाउस ग्यालरीमा फोकस्टोन टाउन मेयर सु वालेसले उद्घाटन गरे । प्रमुख आतिथ्यताका लागि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेलाई समयमै निम्तो गरिएपनि उनी अनुपस्थिति भए । सामान्यतया जन्मदिन, पास्नीदेखि ठूला सबैजसो कार्यक्रम उद्घाटन गर्न पुग्ने डा.चालिसे प्रत्यक्ष रुपमा नेपाली पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले एकजना विद्यार्थीले गरेको सो कार्यक्रममा भने कार्यव्यस्तताको कारण देखाई अनुपस्थिति भएपछि प्रदर्शनी उद्घाटन फोकस्टोन टाउन मेयर सु वालेसबाट भएको थियो । प्रदर्शनीमा ३ वर्ष यता संकलित नेपालको विभिन्न मनमोहक दृश्य बुझुङ, पसगाउ, घलेगाउ, धनगढी, दक्षिण ललितपुर तथा काठमाडौंका विभिन्न स्थानबाट भू-चित्र एवं मुहार चित्रहरु संकलित यस प्रदर्शनीमा रितितिथी, भेषभूषा एवं कला संस्कृतिलाई प्रतिनिधि गर्ने ३५ चित्रहरु समावेश छन् । कलाकार देसार नेपालका कला सस्कृति आˆना कुचि मार्फत क्यानभासमा सजाउन सफल भएको कार्यव|mममा उपस्थित नेपाली दर्शकहरुको भनाइ थियो । कुचिको उत्कृष्ट प्रयोग एवं रंगको उचित समायोजन रहेको उक्त प्रर्दशनीमा नेपाली भू-दृश्य तथा जनजीवनलाई स्पष्ट देख्न सकिन्छ । प्रदर्शनी हेर्न मेडस्टोनका मोर्टीमोर तथा सेफवे डिष्ट्रिक्टका चियरमेन मिसेस् होलिङ्सबी, व्यवसायी ज्ञाम गुरुङ लगायत यूकेका विभिन्न क्षेत्रका व्यक्तिको उत्साहजनक उपस्थिति थियो । उद्घाटन कार्यव|mममा बोल्दै मेयर वालेसले नेपाल र बेलायतबीचको सम्वन्ध पुस्तौं पुरानो रहेको बताउंदै नेपाली कला र कलाकारिताको खुलेर प्रशंसा गरे । उनले चित्रकार देसारलाई शुभकामना सहित कार्यjmम सफलताको कामना समेत गरे । कार्यक्रममा देसारले आफनो छैंठौ एकल चित्रकला प्रदर्शनीमा उपस्थित सबैलाई स्वागत गर्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे भने चित्रकला हेर्न उत्साहित दर्शकका कारण आफू उत्साहित भएको बताए । कार्यक्रमको अन्त्यमा पुगेका दूतावास प्रतिनिधि सूर्य बहादुर थापाले प्रदर्शनी अवलोकन गरिसकेपछि चित्रहरु ज्यादै मनमोहक भएको र प्रदर्शनीले बेलायतीमाझ नेपाल र नेपालीलाई चिनाउन अझै मद्दत पुर्याउने बताए । एक फेब्रुअरीसम्म रहने उक्त प्रदर्शनीमा राखिएका तस्वीरहरुको मुल्य ८० देखि ५ सय ५० पाउण्ड तोकिएको छ भने सोही दिन ३ वटा तस्वीर विक्री भइसकेको र प्रदर्शनीबाट संकलित रकमबाट २५ प्रतिशत ग्रामीण भेगका बालबालिकाको सहयोगार्थ जाने चित्रकार देसारले बताए । http://www.nepalipatra.com/news/news.php?content_id=24405
कुशल श्रेष्ठ
|