Thursday, 06.26.2025, 5:12 PM | Main | Registration | Login |
|

Main » 2014 » April » 25 » नेपथ्यका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार
5:45 AM नेपथ्यका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार |
नेपथ्यका पात्रलाई क्यानभासमा उतार्दै कलाकार देसार
काठमाडौं, वैशाख १० ।,
http://www.aarthikdainik.com.np/
समाजमा महत्वपूर्ण भूमिका खेलिरहेका तर सार्वजनिक पहिचान बनाउन नसकेका पात्रलाई अगाडि ल्याउनमा कलाकार अजय देसार एक महिने चित्रकला प्रदर्शनीमा सफल भएका छन् । उपत्यकाभित्रका नेवार समुदायले मनाउने विभिन्न खालका जात्रामा प्रयोग हुने सामग्री हुन् वा जात्रा मनाउने व्यक्ति, उनको चित्रकलाको पात्र भएका छन् ।नेवार समुदायका कुनै पनि जात्रा दीप प्रज्वलन नगरी सुरु हँुदैन । त्यो दीपलाई प्रज्वलन गर्ने व्यक्ति पनि अत्यन्त महत्वपूर्ण मानिन्छ, तर जात्राको मुख्य आकर्षणको केन्द्रबिन्दु खट र पूजा हुने भएकाले ती व्यक्ति सधैँ बेवास्तामा पर्ने गर्छन् । जसका कारण उनी कहिल्यै पनि सार्वजनिक रुपमा चिनिन सकेका हुँदैनन् ।यस पटक कलाकार देसारको मुख्य पात्र तिनै व्यक्ति भएका छन् । ती व्यक्तिले दीप प्रज्वलन नगरी जात्रा सुरु पनि नहुने र उनले दीपलाई निभाएपछि मात्र जात्रा समापन हुने भएकाले पनि ती व्यक्ति जात्राको नायक हुन् । उनले तिनै नायकलाई लिएर बनाएका चित्रकलाको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मल मुड्स स्टुडियोमा प्रदर्शनी गरिएको छ । एक महिनासम्म चल्ने सो प्रदर्शनीमा कलाकार देसारका तेल रंगमा तयार पारिएका १० वटा चित्र छन् ।
नेपालमा अँध्यारोलाई केन्द्र बनाएर चित्रकारिता गरिएका कलाकृति त्यति पाइँदैनन्, तर यस प्रदर्शनीमा देसारले सानो आगोको झिल्कोले देखापर्ने आकृतिलाई समेत निकै कलात्मक तरिकाले क्यानभासमा कैद गरेका छन् । अँध्यारोमा उज्यालो रंगले चित्रलाई अझ रोमाञ्चक बनाइदिएको छ । चित्रकलामा अलिकति पश्चिमा शैलीको प्रभाव र नेपाली परम्परा र शैलीको मिश्रणले चित्रलाई सजीवता प्रदान गरेको छ । रासस
|
Views: 648 |
Added by: Ajay
| Rating: 0.0/0 |
|
 |  |