http://www.nepalnewsviews.com/manoranjanDetails.php?id=2390&mid=4#.U1m-VvmSxFs
कलाकार अजय देसार सुन्दर कलामा

काठमाडौ। लण्डनमा समेत नेपाली कलाकारिताको प्रवद्र्धन गर्न सफल कलाकार अजय देसार हाल नेपालमा कलाकारिता सिकाउन व्यस्त बनेका छन् । ललितपुरको मंगलबजार सौगल स्थित योंग पिकासो नामक आर्ट ग्यालरीमा स्कुले नानीहरुदेखि सवै उमेर समूहलाई चित्रकारिता तथा सुन्दर अक्षर कला बनाउने तौर–तरीका सिकाउन कलाकार देसार व्यस्त हुने गरेका छन् । चित्रकलाप्रति दिनानुदिन सवैको निक्कै चासो बढ्दै गएकोमा उत्साही बनेका उनी हाल चापागाउँका विभिन्न स्थानमा स्कुलका शिक्षकहरुलाई चित्रकला संवन्धमा तालिम दिने कार्य गर्नुको अलावा कला प्रदर्शन गर्ने कार्यमा समेत हाल तल्लिन रहेका छन् । कलाकारिताकै सिलसिलामा केही बर्ष लण्डन बस्दा त्यहाँ उनका कलाकृति महँगो मूल्यमा विक्री हुने गरेको बताइन्छ ।

प्रकाशन मिति–२०७० साल फाल्गुण ३ गते।

|