‘थट्स इन्टु भिजुअल’ चित्रकला प्रदर्शनी
http://www.sambadmedia.com/?p=84905
काठमाडौँ, २९ चैत । ‘थट्स इन्टु भिजुअल’ शीर्षकमा कलाकार अजय देशार र अनिशा महर्जनको एक महिने चित्रकला प्रदर्शनी आजदेखि सुरु भएको छ ।
योङ पिकासो र मुड्स स्टुडियो लजको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित ब्लूबर्ड मलको मुड्स स्टुडियोमा उहाँहरुको २१ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
उक्त प्रदर्शनीको उद्घाटन गर्दै कृषि विकास बैंकका कार्यकारी सहमहाप्रबन्धक अनिलकुमार उपाध्यायले सेवानिवृत्त जीवनको उपयोग गर्न तथा जीवन सिकाइको रुपमा कलालाई प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तुलाई चित्रमा देखाइएको छ । विगत एक दशकभन्दा लामो समयदेखि कला जगत्मा निरन्तर लागिरहनुभएका देशारले नेपालमा मात्र नभई बेलायत, अमेरिकामा समेत चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ भने अर्का कलाकार महर्जनको यो पहिलो चित्रकला प्रदर्शनी हो
|